कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित : ३९ मतले हारे गगन

केन्द्रभाग मिडिया

नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा देउवा ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका हुन्।

उनको प्रतिस्पर्धामा उत्रिएका कांग्रेस महामन्त्री एवं काठमाडौं-४ का सांसद गगन थापा २५ मत पाए।कांग्रेस संसदीय दलका लागि ८९ जना सांसदले मतदान गरेका थिए।

  • ६ पुष २०७९, बुधबार १०:५९ प्रकाशित