कांग्रेस संसदीय दलको नेता छान्न मतदान जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

कांग्रेस संसदीय दलको निर्वाचन सुरु एको छ । सिंहदरबारमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा मतदान सुरु भएको हो ।निर्वाचनलाई लक्षित गर्दै सिंहदरबारमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रवेशद्वारबाट नै सुरक्षाकर्मीले कडा चेकजाँच गरिरहेका छन् ।

मतदानमा सहभागी हुन सांसदहरू सिंहदरबार प्रवेश गर्ने क्रम पनि जारी रहेको छ ।संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा रहेका छन् ।

सभापति देउवाको उम्मेदवारीको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका छन् ।

यसै गरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् ।

  • ६ पुष २०७९, बुधबार ०९:१७ प्रकाशित