संसदीय दलको निर्वाचनमा संस्थापन इतर समुहबाट गगन

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा गगन थापा उम्मेदवार बन्ने भएका छन् । उनी संस्थापन इतर समुहबाट संसदीय दलको उम्मेदवार बन्ने भएका हुन् ।

शेखर कोइरालालाई १५ औं महाधिवेशनमा सहयोग गर्नेगरी संसदीय दलको नेतामा गगनले उम्मेदवारी दिने सहमति बनेको छ। कोइरालाले थापालाई भावी प्रधानमन्त्रीमा प्रस्ताव गर्नेछन् ।

थापाले दलको नेतामा उम्मेदवारी दिने भएसँगै आफू निकट सांसद र केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन्। उक्त भेलामा बसेरा होटलमा नेता कोइराला र महामन्त्री थापा पनि सहभागी हुनेछन् ।

  • ५ पुष २०७९, मंगलवार १३:३२ प्रकाशित