पोखरा ।
नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबराय पोखराको अन्तराष्ट्रय विमानस्थल अवलोकनका लागि पुगेका छन् । ओबरायलाई पोखरा पर्यटन परिषद्ले विमानस्थलको भ्रमण गराएको हो । उनलाई पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, महासचिव संजयकान्त सिग्देल, नेपाल पर्यटन बोर्ड पोखराका काशी राज भण्डारी विमानस्थल प्रमुख बिक्रम गौतम, विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मी लगायतले टर्मीनल भवन अगाडी स्वागत गरेका थिए ।
स्वागत पछि अबाराय टर्मिनल भवनको विभिन्न कक्षको अवलोकन गरेका थिए । अवलोकन पछि उनले नेपाली संस्कृती अफुलाई निकै मन परेको प्रतिक्रिया दिए । नेपालीले आफ्नो परिवारलाई धेरै माया दिएको बताए । उनले आफ्ना पिताले नेपालमा दुइ फिल्म छायांकन गरेको पनि स्मरण गरे । उनले नेपालको मुस्ताङ दाल आफु र बच्चाहरुलाई निकै मन परेको बताए । उनी ४ बच्चासहित विमानस्थल पुगेका थिए ।
उनले पोखरा विमानस्थल निकै राम्रो र नयाँ वर्षको उपहार बनेको बताए । भारत नेपालको पुरानो सम्बन्ध प्यारो रहेको उनले बताए ।
ओबरायलाई विमानस्थल प्रमुख बिक्रम गौतमले मायाको चिनो प्रदान गरेका थिए ।