विश्वकप फुटबलको सट्टेबाजी गराउने २ पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

कतारमा जारी विश्वकप फुटबलको सट्टेबाजी गराएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले भक्तपुर नगरपालिका–१६ घर भएका सुनिल चौगुठी र भक्तपुर नगरपालिका–१२ घर भएका अजय भेलेलाई सट्टेबाजी गराएको आरोपमा पक्राउ गरेको हो ।

आरोपीहरूलाई भक्तपुरबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।सुनिल चौगुठीले ३ करोड बढीको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ।

  • ३ पुष २०७९, आईतवार १४:०८ प्रकाशित