काठमाडौं ।
जारी फिफा विश्वकप फुटबलको ग्रान्ड फिनाले आज हुदैँछ । फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा राति ८ः४५ बजे सुरु हुनेछ ।
यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।
फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् । विश्वकप फुटबल पोखराको लेकसाइड स्थित हल्लनचोकमा विलबोर्डको ठुलो पर्दामा निशुल्क प्रर्दशन गरिने भएको छ।















