काठमाडौं ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले गठबन्धनको नेतृत्वमै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवले बालुवाटारमा नवनिर्वाचित सांसद्का लागि आयोजना गरेको चियापान कार्यक्रममा मन्त्री कार्कीले सत्तागठबन्धनलाई जनताले अनुमोदन गरिसकेकोले सरकारको नेतृत्व यसैले गर्ने बताएका हुन् ।
उनले चियापान कार्यक्रममा सहभागी कांग्रेसबाट निर्वाचित सांसदलाई संसदमा प्रभावकारी भूमिका निभाउन आग्रह गरे। उनले संसदीय दलको निर्वाचन केही दिनमै टुंगो लाग्ने बताए ।
यस्तै, निर्वाचित सांसद शेखर कोइरालाले संसदीय दलमा को लड्ने भन्ने विषय नितान्त कांग्रेसभित्रको कुरा भएको बताय ।













