नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्ने राष्ट्रपतिको तयारी

केन्द्रभाग मिडिया

काठमाडौँ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि तयारी थालेकी छिन् । नयाँ सरकार गठबनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने राष्ट्रपतिको तयारी छ ।

निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति भण्डारीसमक्ष पेस गरेपछि राष्ट्रपति विद्या देवी भण्डारीले नयाँ सरकार गठनका लागि परामर्श गरिरहेको राष्ट्रपति कार्यालयले जनाएको छ । आइतबार राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान हुन सक्ने छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीकाले प्रतिनिधि सभामा कुनै दलको एकल बहुमत नभएकाले सरकार गठनको दोस्रो व्यवस्थाका आधारमा राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दललाई बहुमत पुर्याएर आउन आह्वान गर्ने छिन्। आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेपछि राष्ट्रपति भण्डारीले सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपति भण्डारीले सरकार गठनका लागि आह्वान गरिरहँदा दलहरू पनि आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् ।

 

  • २ पुष २०७९, शनिबार १६:४२ प्रकाशित