काठमाडौं ।
संघीय संसद सचिवालयले निर्वाचन आयोगसँग नवनिर्वाचित जेष्ठ सांसदको जन्ममिति खुल्ने कागजात सहितको विवरण बुझाउन पत्राचार गरेको छ ।
बिहीबार आयोगले सचिवालयमा बुझाएको नवनिर्वाचित सांसदहरूमध्ये जेष्ठ सदस्य को हो भन्नेमा स्पष्ट उमेर खुल्ने आधार नभएकोले उमेर खुलाएर पठाउन शुक्रबार आयोगलाई पत्राचार गरिएको सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् ।
सभामुखको निर्वाचन हुनुअघि जेष्ठ सदस्यले बैठक चलाउनुपर्ने भएकोले आयोगसँग सांसदको आधिकारिक उमेर खुल्ने कागजात सहितको विवरण मागिएको उनले बताए । आयोगले सो को विवरण पठाएपछि सो को परीक्षण गर्ने र सपथ ग्रहणको कार्यक्रम राख्ने तयारी रहेको छ ।













