भीम रावलको आरोप: भने, ‘सरकारले अपराधलाई छुट दिन खोज्यो’

केन्द्रभाग मिडिया

File Photo

काठमाडौं ।

नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री डा। भीम रावलले सरकारले अपराधलाई छुट दिन खोजेको आरोप लगाएका छन् । उनले सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले फौजदारी क्रियाकलाप गर्नेलाई छुट दिन सरकारले अध्यादेश ल्याएको बताए ।

उनले सरकारको कदमले देशलाई कुशासनको बाटोमा धकेलेको टिप्पणी गरे ।सबै राजनीतिक दलहरु निर्वाचनमा भाग लिएकाले कोही हिंसात्मक बाटोमा नलागेको उनको भनाइ छ ।

उनले सरकारले ल्याएको अध्यादेश फिर्ता लिनुपर्ने बताए । राजनीतिको आवरणमा कसैले अपराध गर्न नपाउने उनको भनाइ छ ।

  • २९ मंसिर २०७९, बिहीबार १५:०३ प्रकाशित