विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने निश्चित भएको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ ।

साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।

फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल लुसिल स्टेडियममा आइतबार राति ८स्४५ बजे सुरु हुनेछ । यस्तै तेस्रो स्थानको लागि मोरक्को र क्रोएसियाबीच शनिबार राति खेल हुनेछ ।

  • २९ मंसिर २०७९, बिहीबार १०:५० प्रकाशित