पोखरा ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्ने बताएका छन् ।
आफूले पढेको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै प्रचण्डले आफू प्रधानमन्त्री भए भ्रष्टाचार गर्नेहरुलाई कडा कारबाही गर्ने बताएका हुन् । प्रचण्डले भने, देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्छु । भ्रष्टाचार नियन्त्रण यो देशको विकासका लागि अनिवार्य सर्त छ । ’
प्रचण्डले अब कसरी अगाडि बढ्ने भनेर घनिभूतरुपमा गृहकार्य गरिरहेको बताए।
सबै राजनीतिक दलहरु अहिलेको परिस्थितिलाई कसरी ग्रहण गर्ने र आउने दिनमा जनताको बृहत्तर हीतमा लाग्ने विषयमा छलफल सुरु भएको बताए ।राजनीतिक परिवर्तनको दिगोपनमा प्रश्न उठिरहेको उनको भनाइ छ।













