काठमाडौँ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नयाँ बन्ने सरकारमा सहभागी हुने भएको छ । लोसपाका शीर्ष नेताहरुको बैठकले उक्त निणर्य गरेको हो ।
सत्ता गठबन्धनमा चुनावी तालेमले गरेको कारण नयाँ बन्ने सरकारलाई लोसपाको समर्थन रहने र सरकारमा पनि सहभागी हुने पार्टी अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।
चुनावी समीक्षा पनि भएको छैन, चाँडै नै बैठक बसेर चुनावी समीक्षालगायत संगठनका बारेमा अन्य निर्णयहरु गरिने बताउँदै उनले निर्वाचन आयोगले चुनावको नतिजा सार्वजनिक भएपछि लोसपाको बैठक बस्ने बताए ।
पार्टीका अर्का वरिष्ठ नेता राजेन्द्र महतो उपत्यका बाहिर रहेको कारणले पनि कार्यकारिणी समितिको बैठकमा ढिलाइ भइरहेको छ । लोसपाले प्रतिनिधि सभामा ४ वटा सिट जितेको छ ।













