सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक

केन्द्रभाग मिडिया

काठमाडौं ।
कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक भएको छ ।

एडिडास कम्पनीले आइतबार विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नयाँ बलको नाम ‘अल हिल्म’ राखिएको छ । अरेबिक शब्द अल हिल्मको अर्थ सपना हो ।

यस अघिको अल रिहलाको जस्तै यस बलमा समेत प्रविधिको प्रयोग गरिएको छ । यस पटकको विश्वकपमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

  • २६ मंसिर २०७९, सोमबार १०:५३ प्रकाशित