६ महिनामा डेंगी संक्रमणबाट ६७ जनाको निधन, ५४ हजार संक्रमित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमा पछिल्ला ६ महिनामा ५४ हजारभन्दा बढी मानिसमा डेंगी संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार जुलाईयता आजसम्म ५४ हजार ६७ जना संक्रमित पहिचान भएका छन् । यो वर्ष जनवरीदेखि नै फाट्टफुट्ट ‘केस’ देखिए पनि जुलाईयता भने संक्रमणले उच्च रूप लिएको थियो ।

६ महिनामध्ये सबैभन्दा धेरै सेप्टेम्बरमा २७ हजार ५२९ जनामा डेंगी पहिचान भएको थियो । अक्टोबरमा १७ हजार ८८९, नोभेम्बरमा चार हजार ४२ र डिसेम्बर ११ सम्म १७९ जनामा डेंगी पुष्टि भएको छ ।

योसँगै यो वर्ष डेंगी संक्रमितको संख्या ५४ हजार २३२ पुगेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यो ६ महिनामा डेंगी संक्रमणका कारण ६७ जनाको मृत्यु भएको छ ।

  • २५ मंसिर २०७९, आईतवार १७:३३ प्रकाशित