पाकिस्तानमा भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।
पाकिस्तानमा आज  भूकम्प जाँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । पाकिस्तानको विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार दक्षिणी बलोचिस्तान प्रान्तमा गएकोभूकम्पले धेरै संरचनाहरु भत्किएकाले मृतकको संख्या अझ बढ्न सक्ने देखिएको छ । भूकम्पपछि क्वेटा शहरमा मानिसहरु सडकमा निस्केका बीबीसीले जनाएको छ ।

प्रारम्भिक रिपोर्टहरूका अनुसार ५.७ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ । भूकम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको मृत्यु भएको हो ।

स्थानीय जीओ टेलिभिजनले जनाएअनुसार घटनामा करिब ५० जना घाइते भएका छन् । तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

  • २१ आश्विन २०७८, बिहीबार ०७:४९ प्रकाशित