पोखरा ।
स्याङ्जा क्षेत्र नम्बर २ मा गणना सुरु भएको छ । गएराति देखि सुरु मतगणनामा नेकपा एमालेकी सचिव पद्मा अर्यालले प्रारम्भिक अग्रता लिएका छन् ।
अर्यालले दुई हजार ६४८ मतसहित अग्रता लिएकी हुन् । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले दुई हजार २०४ मत ल्याएका छन् ।
प्रारम्भिक मत गणनामा अर्याल भन्दा गुरुङ ४४४ मतले पछाडि छन् । रास्वपाका टिकराज गुरुङले ५१२ मत ल्याएका छन् ।
पत्रकार प्रदीप कोइरालाका अनुसार अहिले गल्याङकोे वडा नम्बर ६ र ७ का साथै भिरकोटको ५ र ६ नम्बर वडाको मत गणना भएको छ ।













