समानुपातिकतर्फ अहिलेसम्मै एमाले अगाडि,पछ्याउँदै कांग्रेस

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधि तथा प्रदेश सभामा समानुपातिकतर्फको मत गणनामा नेकपा एमालेले कांग्रेससँग फराकिलो अग्रता बनाउँदै लगेको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार एमालेले प्रतिनिधि सभातर्फ २५ लाख ३७ हजार ५६० मत प्राप्त गर्दा कांग्रेसले २४ लाख १ हजार ४३४ मत पाएको छ ।

त्यस्तै तेस्रो स्थानमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६९ हजार ८३७, चौथो स्थानको नेकपा माओवादी केन्द्रले १० लाख ६४ हजार ३१०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५ लाख ४६ हजार ६५० मत पाएको छ।

मुलुकका ७ प्रदेश मध्ये ६ प्रदेशमा एमालेको मत बढी रहेको छ भने मधेश प्रदेशमा कांग्रेस अगाडि रहेको छ ।

  • १२ मंसिर २०७९, सोमबार ११:०१ प्रकाशित