पोखरा ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत मंसिर ४ मा सम्पन्न भएको मतदानको मतगणना आज पनि जारी छ ।
जारी मतगणनामा प्रदेशसभातर्फ कांग्रेस सेन्चुरी पुर्याएको छ । कांग्रेसले प्रदेशसभामा १०० स्थानमा जित हासिल गर्दा प्रतिनिधिसभा तर्फ हालसम्म ५३ स्थानमा विजयी भएको छ भने यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभातर्फ २ र प्रदेशसभा तर्फ ७ स्थानमा अग्रता लिइरहको छ।
यस्तै नेकपा एमाले प्रतिनिधिसभा तर्फ ४२ र प्रदेशसभातर्फ ८५ स्थानमा विजयी भएको छ । भने प्रतिनिधिसभा तर्फ ३ र प्रदेशसभा तर्फ ५ स्थानमा अगाडि छ ।
नेकपा माओवादीले प्रतिनिधिसभा तर्फ १७ र प्रदेशसभा तर्फ ५० स्थानमा जितेको छ। भने प्रदेश सभातर्फ ३ स्थानमा अगाडि छ । राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभा तर्फ७ स्थानमा विजयी हुदाँ प्रदेशसभामा भने जित दर्ता गर्न सकेको छैन । यस्तै प्रतिनिधिसभातर्फ १ स्थानमा अगाडि छ ।
एकीकृत समाजवादी प्रतिनिधि १० र प्रदेशसभातर्फ ११ स्थानमा विजयी हुदाँ प्रदेशसभातर्फ ३ स्थानमा अग्रता लिइरहको छ ।अन्य प्रतिनिधिसभातर्फ २९ र प्रदेशसभातर्फ ५७ स्थानमा विजयी भएको छ।













