संसदीय दलको नेतामा देउवाको विकल्प छैन : विमलेन्द्र निधि

केन्द्रभाग मिडिया

काठमाडौं।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई नै समर्थन गर्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री देउवा संसदीय दलको नेतामा भीड्न इच्छुक रहेको भन्दै नेता निधिले आफ्नो समर्थन देउवालाई नै रहने बताए । हिजो निधिले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका थिए ।

उनले देउवा बाहेक अरूलाई सहयोग गर्न नसक्ने बताउदै हिजै बालुवाटारमा देउवालाई भेटेर आफ्नो समर्थन रहने बताईसकेको बताए ।

कांग्रेसका समानुपातिक उम्मेदवार समेत रहनुभएका नेता निधिले गठबन्धनको नेतृत्व गरिरहेकोले संसदीय दलको नेता देउवा नै हुनुपर्ने दावी समेत गरे ।

  • ११ मंसिर २०७९, आईतवार १५:४९ प्रकाशित