१२ संक्रमितको मृत्यु , १०४३ जनामा संक्रमण पुष्टि

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर १२ संक्रमितले ज्यान गुमाएका छन । देशका विभिन्न अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो । यो सँगै देशभर हालसम्म ११ हजार १६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर थप १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४,३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९९ हजार ६१५ पुगेको छ ।

सोही समयमा कोरोना भाइरस संक्रमणमक्त हुनेको संख्या ८९१ रहेको छ । हालसम्म निको हुनेको संख्या ७ लाख ७२ हजार २२९ रहेको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेका छन् । जसमध्ये १४ हजार ९७५ जना होम आइसोलेसनमा र १२१९ जना संस्थागत आइसोलेसनमा छन् ।

  • २० आश्विन २०७८, बुधबार १७:०४ प्रकाशित