काठमाडौं ।
प्रतिनिधिसभा अन्तरगत प्रत्यक्षतर्फ १६५ मध्ये १५६ निर्वाचन क्षेत्रको नतिजा आउँदा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । माओवादीले अहिलेसम्म १७ ठाउँ जति हात पारेको छ, भने एक स्थानमा अग्रता बनाएको छ ।
यो पटकको निर्वाचन माओवादीका लागि अपेक्षा गरेभन्दा फरक भएको माओवादी नेताहरुले बताउने गरेका छन् ।
माओवादी केन्द्रबाट विजयी उम्मेदवारहरु
पूर्ण बहादुर घर्ति मगर रूकुम पूर्व १
महिन्द्र राय यादव सर्लाही २
माधव सापकोटा सिन्धुपाल्चोक १
देवेन्द्र पौडेल बाग्लुङ २
लेखनाथ दाहाल सिन्धुली २
हितबहादुर तामाङ नुवाकोट १
रामकुमार राई खोटाङ १
सुदन किराती भोजपुर १
महेन्द्र बहादुर शाही कालीकोट १
छिरिङ डम्डुल लामा हुम्ला १
सुर्यमान तामाङ काभ्रे १
अमनलाल मोदी मोरङ ४
बर्षमान पुन रोल्पा १
रेखा शर्मा दाङ २
पुष्पकमल दाहाल प्रचण्ड गोरखा २
शक्तिबहादुर वस्नेत जाजरकोट १
जनार्दन शर्मा रूकुम पश्चिम १













