समानुपातिक मत अपडेट : माओवादी तेस्रो हुँदा कुन दलको कति मत ?

केन्द्रभाग मिडिया

पोखरा ।
जारी मतगणनामा प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेले निरन्तरर अग्रता कायम गरिरहेको छ । अहिले विहानसम्म पहिलो स्थानमा रहेको एमालेले ९ लाख ६१ हजार २ समानुपातिक मत ल्याएको छ।

निर्वाचन आयोगको अध्यावधिक तथ्यांकअनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ७१ हजार ६ सय ९० समानुपातिक मत पाएको छ। यसैगरी तेस्रो स्थानमा रहेको  नेकपा माओवादी केन्द्रले अहिलेसम्म ४ लाख ६० हजार ५२ समानुपातिक मत प्राप्त गरेको छ । चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ३८ हजार १ सय १६ मत ल्याएको छ  ।

समानुपातिक मतमा राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं स्थानमा छ। उसले अहिलेसम्म २ लाख ३६ हजार २ सय ११ मत ल्याएको छ । छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले १ लाख १४ हजार ५ सय १९ समानुपातिक मत पाएको छ भने सातौं स्थानमा रहेको जनमत पार्टीले ६८ हजार ५ सय ७८ समानुपातिक मत ल्याएको छ। यसपछि आठौं स्थानमा रहेर नेकपा एकीकृत समाजवादीले ६२ हजार ९ सय ११ मत पाएको छ भने नवौं स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले ६१ हजार ७ सय ६० मत ल्याएको छ ।

दसौँ स्थानमा रहेर नेपाल मजदुर किसान पार्टीले ५६ हजार २ सय १४ समानुपातिक मत पाएको छ भने एघारौं स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार ५ सय ८ समानुपातिक मत ल्याएको छ।

  • ९ मंसिर २०७९, शुक्रबार ०७:३८ प्रकाशित