कास्की ३ (२)मा एमालेका पहारीलाई पराजित गर्दै कांग्रेसका बराल विजयी

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की क्षेत्र नं ३ (२) बाट कांग्रेसका प्रकाश बराल विजयी भएका छन् । कांग्रेसका बराल १२ हजार ३६७ मत प्राप्त गरी गण्डकी प्रदेशसभामा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा(एमाले)का राजीव पहारीले ११ हजार ९०२ मत प्राप्त गरे । बराल र पहारीको मतान्तर ४६५ छ । पहारी विसं २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिराम भण्डारीले दुई हजार ५६०, मङ्गोल नेशनल अर्गनाइजेशनका मनतोष घलेले ४७२, जनता समाजवादीका गोरे दमैले २९५ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी) का रामवृक्ष धोवीले ११७ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • ९ मंसिर २०७९, शुक्रबार ०७:२३ प्रकाशित