कास्की ३ मा एमालेका वैरागी विजयी

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की–३बाट नेकपा एमालेका दामोदर वैरागी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २२ हजार ९८० मतसहित बैरागी विजयी भएका हुन् ।

वैरागीले नेकपा माओवादीका रामजीप्रसाद बराललाई पराजित गरेका हुन् । माओवादी केन्द्रका बरालले १७ हजार ५३५ मात्र मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १८० मत प्राप्त गरे ।

  • ९ मंसिर २०७९, शुक्रबार ०६:४९ प्रकाशित