सेलवेयजको नयाँ शाखा विस्तार : सामान खरिदमा १० प्रतिशत छुट

केन्द्रभाग मिडिया

पोखरा ।

करिब ८ करोड लगानीमा सेलवेजले नयाँ शाखा विस्तार गरेको छ ।

पोखराको चिप्लेढुंगाबाट सेवा दिदैँ आएको सेलवेयजले पोखरामा छैटौँ शाखा विस्तार गरेको हो ।

ग्राहकको सुविधालाई मध्यनजर गर्दै करोडौँको लगानी गरि नयाँ शाखा विस्तार गरेको सेलवेज/सेल्सबेरी प्रा.लिले बतायो ।सेलवेयज डिर्पाटमेन्टल स्टोर प्रालिले पोखरा ७ शान्तिनगरमा छैटौँ शाखा विस्तार गरेको हो ।

नयाँ शाखा विस्तारको अवसरमा सेलवेयले १० प्रतिशत छुटको व्यवस्था गरेको प्रमुख व्यवस्थापक दयाल गिरीले जानकारी दिए ।दैनिक जिवनमा आवश्यक पर्ने खाद्य सामाग्रीमा पनि विशेष छुटको साथै विभिन्न उपहारको व्यवस्था गरेको छ । सेवा ग्राहीको व्यस्ततालाई मध्यनजर गर्दै सेलवेजले होमडेलीभरीको पनि व्यवस्था गरेको व्यवस्थापक गिरीले बताए ।

नयाँ शाखाबाट खाद्य सामाग्रीका सम्पूर्ण सामानहरु, स्थानीय उपभोक्ताहरुका लागि तथा लेकसाइडका होटल तथा रेष्टुरेन्टका लागि आवश्यक सामाग्रीहरु राखिएका छन् ।

स्टोरको भुइतलामा खाद्य सामग्री तथा सौन्दर्यका लागि छन भने पहिलो तलामा इलेक्ट्रोनिक सामग्रीहरु घरयासी प्रयोजनका लागि र दोस्रो तलामा आधुनिक फर्निचरका सामाग्रीहरु राखिएको छ।

सन् १९९३ मा पोखराको चिप्लेढुंगाबाट सामान्य खाद्यपसलबाट सुरु गरेको सेलवेयजले यसअघि लेकसाइड, बिरौटा, भद्रकाली र बगरबाट सेवा दिदैँ आएको छ ।

सेलवेजले छिट्टै पोखराको लेखनाथबाट नयाँ शाखा विस्तार गर्ने भएको छ ।नयाँ शाखासँगै सेलवेयजको काठमाडौंको समेत गरेर २९ औँ शाखा हो ।

  • २० आश्विन २०७८, बुधबार १६:३१ प्रकाशित