देव गुरुङलाई पराजित गर्दै लमजुङबाट पृथ्वी सुब्बा गुरुङ विजयी

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पराजित गर्दै लमजुङबाट नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिस्पर्र्धी नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १८८ मत अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य विजयी भएका हुन्।

निर्वाचित गुरुङले ३४ हजार ९६९ र निकटतम प्रतिस्पर्धी गुरुङले ३१ हजार ७८१ मत पाएका छन् । लमजुङमा कूल १ लाख ३३ हजार ५५९ मतदातामध्ये ८० हजार १९२ मत खसेको थियो।

खसेको मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३८४ मत बदर भएको छ । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरेर तेस्रो भएका छन्।

  • ८ मंसिर २०७९, बिहीबार ०५:२३ प्रकाशित