पोखरा ।
झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा सदस्य विजयी भएका छन् । ओली फराकिलो मत अन्तर (२८ हजार ३८८ मत) सहित विजयी भएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीकोसमेत साथ लिँदा उनी ५१ हजार ६१९ मतसहित विजयी भएका हुन् ।
ओलीका प्रतिस्पर्धि नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २३१ मत ल्याए ।
ओली निर्वाचित यस क्षेत्रमा १ लाख ५४ हजार २८९ मतदाता थिए। यहाँ ९८ हजार ६३१ मत खसेको थियो। जसमा ५११७ मत बदर भएको छ।













