काठमाडौं ।
गुल्मीमा जीप दुर्घटनामा चार जनाको ज्यान गुमेको छ । पाँच जना घाइते भएका छन् । सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जीप जीप कुढडाँडामा बुधबार बिहान २ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटननामा ज्यान गुमाउनेमा सत्यवती गाउँपालिका–३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापती, २५ वर्षका मिलन तरामोको रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।
सत्यवती–३ का ३३ वर्षका कार्बालिन सोमै, ४३ वर्षकी जमुना सोमै, ३२ वर्षका चेतमान सिङ्जाली, ४९ वर्षका गिरबहादुर राहादी र खण्डन सोमै रहेको आचार्यले जानकारी दिए ।
घाइते ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको सत्यवती गाउँपालिका–३ का वडाअध्यक्ष जीतबहादुर त्रामुमगरले बताए ।













