कास्की २ मा मत अन्तर बढाउँदै एमालेकी विद्या भट्टराई

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराई मत अन्तर बढाउँदै लगेकी छन् । हालसम्म २६ हजार १६३ मत गणना हुँदा भट्टराईले ९ हजार ६७४ मतसहित अग्रता बढाएकी हुन् ।

उनका निकटम प्रतिस्पर्धि राष्ट्रिय स्वतन्त्र पार्टीका ६ हजार ६२६ मतसहित दोस्रो स्थानमा छन् ।

कंडेल एमालेकी विद्या भन्दा तीन हजार ४८ मत अन्तरले पछाडि छन् । नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ५००६ मत प्राप्त गरेका छन् ।

उक्त निर्वाचन क्षेत्रमा राप्रपाका सुवर्णराज पन्तले २०२१ मत प्राप्त गरेका छन् ।

  • ७ मंसिर २०७९, बुधबार ०७:१८ प्रकाशित