स्याङ्जा १ मा एमालेका मरासिनी कांग्रेसका थापा भन्दा ८१५ मतले पछाडि

केन्द्रभाग मिडिया

पोखरा ।
स्याङ्जा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले अग्रता कायम राखेका छन् । १० हजार १७ मत गणना गर्दा थापाले चार हजार ५८१ मतसहित अग्रता कायम राखेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका नारायणप्रसाद मरासिनीले तीन हजार ७६६ मत प्राप्त गरेका छन् । उनी थापा भन्दा ८१५ मतले पछाडि छन् ।

स्याङ्जा १ मा रास्वपाका बोधराज रेग्मीले ८५१ मत ल्याएका छन् । क्षेत्र नम्बर २ मा भने विवादका कारण मतगणनाको टुंगो लागेको छैन ।

त्यहाँ नेकपा एमालेले केही मतदान स्थलमा पुन मतदान गर्नुपर्ने माग गरेको छ भने नेपाली कांग्रेसले शीघ्र मतगणनाको माग गरेको छ ।

  • ६ मंसिर २०७९, मंगलवार २०:५९ प्रकाशित