पोखरा ।
कास्की–२ मा एमालेकी विद्या भट्टराईले अग्रता लिएकी छन् । हालसम्मको मतगणना अनुसार उनले ५ हजार ५८९ मतसहित अग्रता लिएकी हुन् ।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेलले ५ हजार १९३ मत पाएका छन् ।
यस्तै, सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ३ हजार ३६७ मत पाएका छन् ।
कास्की–२ मा यस अघिसम्म स्वतन्त्र पार्टीका कंडेलले अग्रता लिएका थिए ।
एमालेकी विद्याले पहिलो पटक अग्रता लिएकी हुन् ।













