लमजुङमा पृथ्वी सुब्बा गुरुङको अग्रता कायम, मत अन्तर घटाउँदै देव गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।
लम्जुङमा एमालेका उप-महासचिव पृथ्वी सुब्बा गुरुङले  आफ्नोअग्रता कायम राखेका छन् ।

अहिलेसम्म ३१ हजार ५ सय ९२ मत गणना पृथ्वी सुब्बाले १४ हजार ७ सय ६७ मतसहित अग्रता कायम राखेका हुन् ।

उनलाई माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पछ्याइरहेका छन् । उनले १३ हजार १ सय ७९ मत ल्याएका छन् ।

अहिले सुन्दरबजार र राइनास नगरपालिकाको मतगणना भइरहेको छ ।   उक्त क्षेत्रमा देव गुरुङले आफ्नो मत बढाउने माओवादी नेताहरुको दावी छ ।

  • ६ मंसिर २०७९, मंगलवार १९:३७ प्रकाशित