कास्की–२ मा घण्टीले बढायो अग्रता, बराल तेस्रो स्थानमा

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कडेलले अग्रता बढाएका छन् ।

वडानम्बर ७, १५ र १७ को मतगणना सकिदा कडेलले ३८६ मतले अगाडी छन् । नेकपा एमालेका उम्मेदवार विद्या भट्टराईले ४ हजार ३३७ मत प्राप्त गर्दा कडेलले ४ हजार ७२३ मत प्राप्त गरेका छन् ।

नेकपा एकिकृत समाजवादीका उम्मेदवार श्रीनाथ बराल लगातार तेस्रो स्थानमा कायम छन् । बरालले २ हजार ९१५ मत प्राप्त गरेका छन् ।

  • ६ मंसिर २०७९, मंगलवार १६:५९ प्रकाशित