कास्की १ मा एमालेका उम्मेदवारले बढाए मतान्तर

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीको क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवारले निरन्तर अग्रता बढाइरहेका छन् ।

प्रतिनिध सभा तर्फका उम्मेदवार मन बहादुर गुरुङले ५ हजार २५६ मत प्राप्त गरेका छन् । भने नेपाली कांग्रेसका किशोरदत्त बरालले ४ हजार ४२६ मत प्राप्त गरेका छन् ।

कास्की १ (१) तर्फ पनि एमालेका उम्मेदवार बेदबहादुर गुरुङले अग्रता लिएका छन् । गुरुङले ४ हजार ६१९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार दिपक गुरुङ (माइला)ले ३ हजार ८६४ मत प्राप्त गरेका छन् ।

  • ६ मंसिर २०७९, मंगलवार १६:२८ प्रकाशित