कास्की १ (१)को मतगणना भोलिबाट सुरु हुने

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की प्रदेश सभा निर्वाचन क्षेत्र १ (१) को मतगणना आज पनि नहुने भएको छ । निर्वाचन अधिकारीहरुको अनुसार यहाँको मतगणना भोलि बुधबारबाट मात्रै सुरु हुने भएको छ ।

अहिले कास्की १ प्रतिनिधि सभा र प्रदेश सभा २ को मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार प्रतिनिधि सभा सदस्यका उम्मेदवार एमालेका मनबहादुर गुरुङले ३ हजार ४ सय १२ र कांग्रेसका किशोरदत्त बरालले २ हजार ६ सय २४ मत पाएका छन् । कास्की २ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका भए पनि कास्की १ मा भने एमाले र कांग्रेस नै मुख्य प्रतिस्पर्धी देखिएका छन् ।

प्रदेश सभा २ मा एमालेका श्याम गुरुङले ३ हजार ९ सय ८७ मत ल्याउँदा कांग्रेसका दीपक गुरुङको ३ हजार ६२ आएको छ ।कास्की प्रदेश सभा निर्वाचन क्षेत्र १ ९१० मा एमालेका खगराज अधिकारी, माओवादी केन्द्रका दीपक कोइराला र हाम्रो नेपाल पार्टीका मदन केसी लगायत उम्मेदवार छन् ।

  • ६ मंसिर २०७९, मंगलवार १५:१८ प्रकाशित