पोखरा ।
कास्की क्षेत्रनम्बर ३ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेललाई पछि पार्दै एमाले उम्मेदवार दामोदर बैरागीले अग्रता लिएको हो ।
बैरागीले ४ हजार ८५१ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ४ हजार ४०७ मत प्राप्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रका रामजी बरालले ३ हजार २०७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका जगत प्रसाद सुवेदीले ८२५ मत पाएका छन् ।
अहिले सम्म १४ हजार २२ मत गणना भएको छ । जसमध्य ८२७ मत बदर भएका छन् ।














