प्रतिनिधि सभा अपडेट : धेरै स्थानमा कांग्रेसको अग्रता, पछ्याउँदै एमाले (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

अस्ती (आइतबार) सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत मतगणना जारी छ ।

जारी मतगणनामा प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसले हाल सम्म ३ स्थानमा जित दर्ता गराएको छ भने नेकपा एमालेले एक स्थानमा जितेको छ । देशभर भएको मतगणना नेपाली कांग्रेसले धेरै स्थानमा अग्रता लिइरहेको छ ।

यो समाचार तयार पार्दा सम्म कांग्रेसले ४८ स्थानमा अग्रता लिइरहेको छ । भने नेकपाल एमालेले ३६ स्थानमा अग्रता लिदै कांग्रेसलाई पछ्याइरहेको छ ।

माओवादीले १२ स्थानमा अग्रता लिदाँ राष्ट्रिय स्वतन्त्र पार्टी ११ स्थानमा अगाडि छ ।राप्रपा ६ र एकीकृत समाजवादी ७ , नागरिक उन्मुक्ति पार्टी ४ र अन्य १४ स्थानमा अगाडि छन् ।

  • ६ मंसिर २०७९, मंगलवार १०:०० प्रकाशित