पोखरा ।
स्याङ्जा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापाको अग्रता कायमै रहेको छ ।
हालसम्म एक हजार ९४४ मत गणना हुदाँ सम्म थापाले १९४४ मतसहित अग्रता लिएका हुन् । उनलाई एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीले १९३७ मत सहित पछ्याइरहेका छन् ।
स्याङ्जा १ मा रास्वपाका बोधराज रेग्मीले ४११ मत ल्याएका छन् । क्षेत्र नम्बर २ मा भने विवादका कारण मतगणना अन्योलमा परेको छ।













