चितवन २ मा रास्वपाका लामिछाने एमालेका पोखरेलभन्दा १०४ मतले पछि

केन्द्रभाग मिडिया

 

पोखरा ।
चितवन क्षेत्र नम्बर २ मा यहाँ अहिलेसम्म ७०४१ मत गणना भएको छ । यहाँ चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । उक्त क्षेत्रमा सुरुदेखि नै अग्रता लिएका नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले दुईहजार ३३१ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट घण्टी चुनाव चिन्ह लिएर उठेका रवि लामिछानेले दुईहजार २२७ मत प्राप्त गर्र्दै उनीसंगको मतान्तर घटाइरहेका छन् । कांग्रेस नेता उमेश श्रेष्ठले दुई हजार ३७ मत प्राप्त गरेका छन् ।

मतगणना सुरु भएदेखि नै लामिछाने तेस्रो स्थानमा रहेका थिए । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका उमेश श्रेष्ठ तेस्रो भएका छन् भने लामिछाने दोस्रो स्थानमा पुग्दै मतान्तर कम गर्दै लगेका छन्।

  • ६ मंसिर २०७९, मंगलवार ०८:१९ प्रकाशित