बागलुङ १ मा राजमोका चित्रबहादुर केसीको अग्रता

केन्द्रभाग मिडिया

पोखरा ।

बागलुङ १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अग्रता लिएका छन्। प्राप्त मतपरिणामअनुसार केसीले एक हजार १७८ मतसहित अग्रता लिएका हुन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार सूर्य पाठक ६९० मतका साथ पछ्याइरहेका छन्। बागलुङ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कंडेलले ४१५ मत ल्याएका छन् ।

  • ५ मंसिर २०७९, सोमबार २३:३१ प्रकाशित