मनाङ (१) बाट प्रदेशसभा सदस्यमा कांग्रेसका मुनिन्द्र विजयी

केन्द्रभाग मिडिया

पोखरा ।

मनाङ (१) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन् ।

सोमबार साँझ सकिएको मत गणनाअनुसार उनले १२५५ मत पाएका छन् । उनका प्रतिस्पर्धि एमालेका राजनबहादुर गुरुङले ९२५ मत प्राप्त गरे ।

यस अगाडि मनाङ(२)बाट गण्डकी प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री समेत रहेका राजिव गुरुङ निर्विरोध निर्वाचित भइसकेका छन् ।

  • ५ मंसिर २०७९, सोमबार २२:५५ प्रकाशित