पोखरा ।
लमजुङमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नो अग्रतालाई कायम राखेका छन् ।
पछिल्लो परिणाम अनुसार उनले ७२०२ मत गणना हुँदा तीन हजार ६४८ मत प्राप्त गर्दै अग्रता कायम राखेका हुन् ।
उनलाई नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले तीन हजार ३९० मतसहित पछ्याइरहेका छन् ।
उक्त निर्वाचन क्षेत्रमा रास्वपाका धर्मराज केसीले ११८ मत ल्याएका छन् ।














