पोखरा ।
कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य तर्फको २८ सय ८९ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कडेलले मतान्तर झनै बढाएका छन् ।
उनले ८७५ मत ल्याउँदा नेकपा एमालेकी विद्या भट्टराई ६९० मत ल्याएकी छन् । नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ४६९ मत ल्याएका छन् । राप्रपाका सुवर्ण राज पन्त ४५१ मत ल्याएका छन् ।
यसैगरी कास्की २(१)मा २ हजार ८२ मतगणना गर्दा राप्रपाका विजयबाबु भण्डारी ८५७ मत र एमालेका भीम बहादुर कार्कीले ५४० मत ल्याएका छन् ।













