कास्की–२ मा घण्टीको अग्रता कायमै

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलको अग्रता कायमै छ ।

हालसम्म २ हजार १ सय ४ मत गणना हुँदा कँडेलले ६ सय ७८ मत सहित अग्रता कायम राखेका छन् । उनले एमालेकी विद्या भट्टराई अधिकारीको भन्दा १ सय ६२ मतान्तर बनाएका छन् । एमालेकी भट्टराईले ५ सय १६ मत प्राप्त गरेर पछ्याईरहेकी छन् ।

गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल ३०२ मत प्राप्त गरेर तेश्रो स्थानमा छन् भने राप्रपाका सुवर्णराज पन्त ३२७ मतसहित चौथो स्थानमा छन् ।

  • ५ मंसिर २०७९, सोमबार १४:०० प्रकाशित