कांग्रेसले स्याङ्जामा बुथ कब्जा गरेको भन्दै आयोगमा उजुरी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले स्याङ्जा २ का चार बुथ कब्जा गरेको भन्दै अन्य उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।

चापाकोट नगरपालिकामा रहेका दिसिङकोट, राममन्दिर, दिनदलायु, चिठ्ठी पोखरी बुथमा कांग्रेसले धाँधली गरेको उजुरीमा उल्लेख छ । धाँधली भएको भनि उजुरी परेका बुथ चापाकोट ३, ४ र ५ वडाका हुन् । अनधिकृत रुपमा बुथ कब्जा गरी अन्य दलका प्रतिनिधिहरुलाई जबरजस्त बाहिर निकाएको उजुरीमा उल्लेख छ । ति बुथमा पुन मतदानको माग गरिएको छ ।

स्याङ्जा २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले धाँधली गरिएको भन्दै उजुरी परेको जानकारी दिएका छनु ।

  • ५ मंसिर २०७९, सोमबार ११:०१ प्रकाशित