गण्डकीमा निर्वाचनको सम्पूर्ण तयारी पुरा

केन्द्रभाग मिडिया

पोखरा  ।
गण्डकी प्रदेशमा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा कूल १६ लाख ६२ हजार दुई सय ४६ जना मतदाता सहभागी बन्दैछन् ।

११ वटा जिल्लामा समेटिएको गण्डकीमा यसपटकको निर्वाचनमा आठ लाख ६९ हजार पाँच सय ३८ जना महिला, सात लाख ९२ हजार ६ सय ९७ जना पुरुष र ११ जना अन्य मतदाता छन् ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि १८ वटा निर्वाचन क्षेत्र छन् भने प्रदेश सभातर्फ ३६ वटा निर्वाचन क्षेत्र छन् । प्रनिनिधि सभा तर्फ ४५ र प्रदेश सभा सदस्यका लागि ४६ जनाले उमेदवारी दर्ता गाराएका छन् ।

निर्वाचनका लागि प्रदेशमा २८ हजार कर्मचारीहरू परिचालन भएको प्रदेश निर्वाचन कार्यालय, पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । सबै मतदान केन्द्रहरूमा मतदानको लागि तयारी अवस्थामा राखिएको छ । भने मतगणना स्थमा तारजाली र सिसिटिभि क्यामेरा राखेर सुरक्षा प्रवन्ध मिलाइएको छ ।

प्रदेशमा २ हजार ३३९ मतदान केन्द्र रहेका छन् । तीमध्ये अतिसंवेदनशील ५ सय ५९ वटा र ९ सय ४५ वटा संवेदनशील छन् । यस्तै ८ सय ३५ वटा मतदान केन्द्र सामान्य छन् ।

  • ३ मंसिर २०७९, शनिबार १८:२८ प्रकाशित