गण्डकीका मन्त्री मनाङेलाई २५ हजार जरिवाना

केन्द्रभाग मिडिया

File photo

पोखरा।

निर्वाचन आयोगले राजीव गुरुङ (दीपक मनाङे) लाई २५ हजार जरिवाना तिराउने भएको छ ।

चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउन पुग्दैन भनेर अभिव्यक्ति दिएपछि मनाङेलाई आयोगले जरिवाना तिराउने निर्णय गरेको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले बताए ।

मनोनयन दर्ताको समयमा यस्तो अभिव्यक्ति दिएपछि आयोगले मनाङेलाई कात्तिक १४ गते स्पष्टीकरण सोधेको थियो ।

मनाङ प्रदेश सभा ‘ख’ बाट निर्विरोध निर्वाचित भइसकेका छन् । यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।

  • २ मंसिर २०७९, शुक्रबार १६:५५ प्रकाशित