कस्कीमा ५० मतदान स्थल अति संवेदनशील

केन्द्रभाग मिडिया

कस्कीमा ५० मतदान स्थल अति संवेदनशील

पोखरा ।
कास्कीका एक तिहाई मतदान स्थल अति संवेदनशील मतदान स्थलका रुपमा पहिचान गरिएको छ । निर्वाचन सुरक्षा समिति कास्कीले जिल्लाका १५० मतदान स्थल मध्ये ५० वटा मतदान स्थल अति संवेशनशील मतदान स्थलका रुपमा पहिचान गरेको हो ।

अति संवेदनशील मतदान स्थलका रुपमा पहिचान भएका मतदान स्थल प्राय सबै ग्रामिण क्षेत्रका मतदान स्थल छन् । त्यस्तै, बाँकी १ सय मतदान स्थलमध्ये आधा मतदान स्थल संवेदनशील र आधा सामान्य मतदान स्थलका रुपमा पहिचान गरिएको छ ।

विगतमा घटना भएका, कम्पाउण्ड कमजोर रहेका, दलले गरिरहेका गतिबिधि, बहिष्कार गर्ने दलहरुको सक्रियता र भौगोलीक अवस्थालाई समेटेर मतदान केन्द्रको वर्गीकरण गरिएको प्रहरीले जनाएको छ ।

मतदान स्थल मध्ये पोखरा महानगरपालिकाका सुगम वडाहरुमा रहेका मतदान स्थलहरुलाई सामान्य मतदान स्थलका रुपमा राखिएको छ । सुगम वडाहरुसँग जोडिएका मतदान स्थलहरुलाई संवेदनशील र बाँकी वडामा रहेका मतदान स्थलहरुलाई अति संवेदनशील मतदान स्थलका रुपमा राखिएको निर्वाचन सुरक्षा समितिको । यद्वपी सुरक्षा समितिले यसबारे जानकारी दिन नमिल्ने बताएको छ ।

निर्वाचन सुरक्षा समितिले बाटोको दुरी, भौगोलिक अवस्था, विगतको घटना, हालको सुरक्षा अवस्थालगायतलाई हेरेर मतदान स्थलहरुलाई अति संवेदनशील, संवेदनशील र सामान्य अवस्थाका मतदान स्थलका रुपमा वर्गिकरण गरेको कास्की प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले बताए।

कास्कीका कुनैपनि मतदान स्थलमा सुरक्षा थ्रेट नभएको तिवारीले बताए। तर सम्भावित थ्रेटलाई ख्याल गरेर सुरक्षा व्यवस्था मजबुत पारेका छौं ।’ सम्भावित थ्रेटमा निर्वाचन बहिस्कार गरेका पार्टीदेखि निर्वाचनमा भाग लिएका तर बल प्रयोग गर्न खोज्नेसम्मका समूहलाई पहिचान गरेर निगरानी गरिरहेको उनको भनाई छ ।

कास्कीमा मतदान स्थलको सुरक्षा घेरा तीन तहको बनाइएको छ । जसमा पहिलो घेरामा नेपाल प्रहरी हुनेछ । जसलाई म्यादी प्रहरीले सघाउने छ भने बिच घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिने कास्कीका सहयक प्रमुख जिल्ला अधिकारी गुरुदत्त बरालले जानकारी दिए ।

मतदान सकिएलगत्तै मतपेटिका शिलबन्दी गरेर मतगणना स्थलसम्म लैजान शुरु गरिने र राती १२ बजेभित्रै कास्कीका सबै मतदान स्थलबाट मतपेटिका मतगणना स्थलसम्म पुग्ने छन्, ढकालले भने ।

कास्कीमा १५० मतदान स्थलमा ३४४ वटा मतदान केन्द्र रहेका छन् । एक मतदान केन्द्रमा कम्तिमा ८ देखी ३२ जना सम्म सुरक्षाकर्मी रहने कास्की प्रहरीले जनाएको छ । त्यसका लागि ९८२ नेपाल प्रहरी, १ हजार ५९६ म्यादी प्रहरी खटिएका छन् । मतदान स्थल वाहिर प्रहरीको मोवाईल टोलीले गस्ति गर्ने छ ।

 

  • २ मंसिर २०७९, शुक्रबार १२:२५ प्रकाशित