काठमाडौं ।
निर्वाचन आयोगले मतदान केन्द्रहरुमा निर्वाचन सामाग्री पठाउने कामलाई आज पनि निरन्तरता दिएको छ । पोखरा महानगरसहित अन्य ग्रामिण क्षेत्रका मतदान केन्द्रहरुमा मतपेटिकासहित अन्य सामाग्री पठाइएको हो।

मतपेटिकासँगै मतपत्र, स्टाम्प प्याड मसी, स्वस्तिक छाप, लाहा, नउड्ने मसी भएको मार्कर पेन, मार्कर पेन, स्केल, स्टापलर मेशिन, होल्डर र डोरीसहित अन्य सामाग्रीहरु आज सम्बन्धित मतदानस्थलमा खटाइएका कर्मचारीलाई हस्तान्तरण गरिएको हो।

मतदान केन्द्रको लागि निर्वाचन सामाग्री, मतपत्र र तहाँ खटिएका कर्मचारीहरूको दैनिक भम्रण खर्च लिएर मतदान अधिकृतसहितका कर्मचारी कार्तिक ३० गते बाटै मतदान केन्द्रतिर गएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट ती सामाग्री वितरण गरिएको थियो ।
















